पसिनाका लेग्रालाई- छि ! नभन
त्यो मेहनतको सजीव चित्र हो
ग्रामीण मसीले कोरिएको ।
तिमी पो कलरफुल शहरमा छौ !
चिटिक्क लुगा लगाएर,
टिलिक्क टल्काउँछौ रंगहरु ।
फूल झैं कोमल मन भा'को मान्छे हुँ । रिसको ढुङ्गाले हिर्काउनेलाइ मायाको फूल उपहार फर्काउन रुचाउँछु । घुमफिर तथा लेख्न पढ्न मन पर्छ । #Logophile
![]() |
| —पुष्प खड्का |
वि.सं. २०७२ सालको गोरखा भुकम्प पछि क्षति पुगेका निजि आवास पुनर्निर्माण कार्य अहिले करिब सम्पन्नान्मुख छ । पुनर्निर्माण पछि बनेका अधिकांश घरहरुले उनीहरुको आवश्यकता नधानेको गुनासो घरधनीहरुले सुनाउन थालेका छन् । पुनर्निर्माण कार्यक्रमको उत्तरार्धमा हाल केहि भुकम्पीय पुनर्निर्माणका क्रममा बनेका घरहरुले तेस्रो किस्ता प्राप्तिपछि घरको संरचनात्मक फेरबदल गरि तला थप वा बिस्तार गर्ने प्रचलन देखिन थालेको छ । यसरी आफूखुशी तला थप वा बिस्तार गर्दा सुरक्षित पुर्नर्निमाण कार्यक्रममा सफल अवधारणाका रुपमा अपनाइएको ‘अझ बलियो’ (Build Back Better) अवधारणामा केहि चुनौती थपिने सम्भावना देखिएको छ ।
दोलखा जिल्लामा अहिले विभिन्न ठाउँका घरधनीहरुले यसरी तला थप्ने वा घर बिस्तार गर्ने क्रम देखिन थालेको छ । मुख्यतः बसिरहेको घरले पारिवारिक आवश्यकता पुरा नगरेको कारण नै घरहरुको बिस्तार गर्नुपरेको भनाई घरधनीहरुको छ । घरको तला थप गर्नुपर्ने बाध्यताको अर्को कारण अरु घर संरचना निर्माण गर्न जग्गाको अभाव रहेको र नयाँ संरचना निर्माण गर्न खर्चिलो हुने कारण सोहि घरमा संरचनात्मक फेरबदल गरि थप कोठाहरु निर्माण गर्नुपरेको धारणा उनीहरुको छ ।
![]() |
| दुइवटा घरलाई जोडेर एउटै बनाई तल्ला थप गरिएको । |
| घरमा जस्ता र काठ प्रयोग गरि तला थपिएको । |
| गारोवाला घरमा तला थप, छत ढलान तथा पिरलको प्रयोग । |
भीमेश्वर नगरपालिका धरामघर गोलाईका घरधनी पदम बहादुर खत्रीले पनि आफ्नो घरसँगै जोडेर एउटा नयाँ कोठा थप्नुभएको छ । भान्साको समस्याले कोठा थप्नुपरेको बताउने उहाँले पुनर्निर्माणका क्रममा बनाउनुभएको घरमा बन्धनहरुको प्रयोग गरेको भए पनि पश्चिम तर्फ थप्नुभएको कोठामा भने यस्ता कुनै बन्धनहरुको प्रयोग गरेको देखिँदैन । पुरानो घर १ तलामात्र भएको र परिवार ठूलो हुँदाको समस्याले कोठा थप्नुभएको कुरा उहाँका छिमेकी ईन्द्रबहादुर खत्रीले समेत जानकारी दिनुभयो ।
| सँगै जोडेर अर्को कोठा निकालिएको तर थप गरिएको संरचनामा बन्धनको प्रयोग नदेखिएको । |
किँरातीछाप टोलकै अर्का घरधनी इश्वर बहादुर थापाले पनि इँटा सीमेन्ट जोडाइ भएको आफ्नो घरमा तला थप्न छाना खोल्ने तयारी गर्दै हुनुहुन्छ । उहाँलाई पनि यसरी तला थप्दा सुरक्षित नै हुन्छ जस्तो चाहिँ लाग्दैन तर पनि बस्ने ठाउँको अभाव र नयाँ घर बनाउन वरिपरि घडेरी नभएको कारण यहि घरमा माथिपट्टी २ कोठा जती बनाउने सोच्नुभएको छ । “अर्को घर बनाउन खर्चले धान्न सकिन्न । अहिले भएको घरमा मलाई बस्न मुस्किल परेको छ । श्रीमती मुटुको विरामी भएको कारण स्याहार गर्नको लागि बेग्लै कोठा भैदिए हुन्थ्यो भनेर थप्ने विचार गरेको हुँ ।” यसरी जथाभावी निर्माण गर्नुभन्दा प्राविधिकको सल्लाह लिनु उचित हुने बलियो घर कार्यक्रम घुम्ती प्राविधिक टोलीको सुझाव पछि भने ईश्वर बहादुर सरसल्लाहको लागि नगरपालिका जाने बताउँदै भन्छन्,— “मलाई नथपि त भएकै छैन । कसो गर्दा बलियो हुने हो नगरपालिका गएर अलिकदिन पछि बनाउँछु । समयमा नै आएर सम्झाइदिनुभयो धन्यवाद छ ।” छिमेकमा यसैगरि घरमा तला थप्ने क्रम शुरु भएपछि आफूले पनि सोहि सिको गरेको समेत उहाँको भनाइ छ ।
![]() |
| छानो खोलि तला थप गर्न तयारी गरेको घर । |
खासगरि ग्रामिण भेगका किसानहरुले घरलाई बस्नको लागिमात्र नभई उनीहरुको कृषि तथा पशुपालन वा यससँग सम्बन्धित सामाग्री, औजारहरु वा कृषि उत्पादनको भण्डारण र व्यबस्थापन समेत कार्यमा प्रयोग गर्नुपर्ने हुँदा आवश्यकता मुताविक घरमा कोठा वा तल्लाहरु थप गर्न सक्दछन् । पुनर्निमाणकै क्रममा यस प्रकारको सामाजिक वास्तविकतामा गहण अध्ययन नहुँदा अहिले मानिसहरुले धमाधम आवश्यकता अनुसारका संरचना थप्ने क्रम शुरु गरेका छन् । असुरक्षाको ज्ञान हुँदाहुँदै पनि यसरी जथाभावी परिमार्जन गर्न थाल्ने हो भने सुरक्षित समुदाय निर्माण अभियानमा चुनौती थपिने निश्चित छ । तला थप वा विस्तार गरेका अधिकांश घरधनीहरुले प्राविधिकको सल्लाह नलिएको वा लिन मनसाय नराखेको देखिन्छ । घरधनी इश्वर बहादुर थापाका अनुसार ‘प्राविधिकलाई सल्लाह मागेपनि नथप्नु नै भन्ने वा बढि खर्च लाग्ने तरिकाहरु आउने तर घरमा थप कोठाहरु नभई नहुने भएपछि बाध्यतावश’ प्राविधिक सल्लाहप्रति अनिच्छा राख्ने गरेको देखिन्छ । मानिसहरुलाई तला थप वा कोठाहरुको बिस्तारकार्य सुरक्षित तवरले गर्ने प्रावधान सरकारी तहबाटै बाध्यकारी बनाउनुपर्ने खाँचो देखिन्छ । यहि सन्दर्भमा पुनर्निर्माण कार्यमा प्राविधिक सहायता प्रदान गरिरहेको एक संस्था एनसेट बलियो घर कार्यक्रमका संयोजक एवं ईन्जिनियर आयुष वास्कोटाले यस्तै समस्यालाई मध्येनजर गरि सरकारी तहबाटै पुनर्निर्मित घरहरुको सुरक्षित विस्तार गर्ने निश्चित पद्धतीको निर्माणकार्य अन्तिम चरणमा पुगी लागु हुने क्रममा रहेको हुनाले घरधनीहरुलाई अभिमुखीकरण गरि केहि समय धैर्य गराउनुपर्ने विचार व्यक्त गर्नुभएको छ ।
| जस्ताको प्रयोग गरि छतमाथि कोठा निकालिएको घर । |
![]() |
| तल्ला थप गर्ने कार्य भइरहेको निर्माणस्थल । |
(भीमेश्वर नगरपालिका आसपासका केहि टोलहरुमा अवलोकन तथा घरधनीहरुसँग गरिएको संक्षिप्त कुराकानीका आधारमा पुष्प खड्काद्वारा तयार गरिएको घटना अध्ययन सामाग्री ।)
धुस्रे-फुस्रे नभन त्यो मैलो गाउँलेहरुको पृय रंग हो आफ्नै माटोले रंगाएको । पसिनाका लेग्रालाई- छि ! नभन त्यो मेहनतको सजीव चित्र हो ग्रामीण...